हुलाकी न्यूज, वीरगंज, ११ कार्तिक । वीरगंजका मधेशी युवाहरुले १२ गते बिहिबार हुने सरकार र मधेशी मोर्चाबीचको वार्ता सफल नभए नेपाली नागरिकता जलाउने घोषणा गरेका छन् । वीरगंजको ठाकुरराम क्याम्पसमा बुधबार मधेशी बुद्धिजिवी र पेशाकर्मीहरुको छलफलमा मधेशी युवाहरुको समूहले सरकारले बिहिबारको वार्तामा मधेशका माग सम्बोधन नगरे मधेशमा समानान्तर सरकार गठन गर्दै नेपाली नागरिकता जलाउने बारेमा विचार विमर्श गरिएको छ ।

उनीहरुले मधेशमा नागरिकता परित्याग गर्न र जलाउन हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय पनि लिएका छन् । छलफलमा मधेश संसद गठन गरी समानान्तर सरकार गठन गर्ने सुझाव पनि दिइएको छ ।

वीरगंजमा प्रत्येक बिहान प्रभातफेरि निकाल्ने र हरेक रात वीरगंज नाकाको मैत्री पुलमा सुत्न जाने सामूहिक निर्णय लिइएको छ ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.