हुलाकी न्यूज जनकपुर : युथ डेभलपमेन्ट सोसाईटी द्वारा धनुषमा सामुदायिक प्रहरी साझेदारीको नयाँ कार्यसमिति गठन गरियो।
जनकपुरमा वडा प्रहरी कार्यालय (मुजेलिया) र वडा ट्राफिक प्रहरी पोस्टको सन्युक्त समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिती गठन गरियो
युथ डेभलपमेन्ट सोसाईटीका अध्यक्ष रवि कुमार साहको अध्यक्षतामा यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख ट्राफिक इनिस्पेक्टर नवराज न्योपाने,विशिष्ट अतिथिको रूपमा वडा प्रहरी कार्यालय मुजेलियाका प्रमुख श्रीनरायन पन्डित,अतिथिको रुपमा ट्राफिक पोस्ट मुजेलियाको इन्चार्ज दिपक सुवेदी , पत्रकार लगायत अन्य व्यतिहरुको उपस्थित थिए।
युथ डेभलपमेन्ट सोसाईटीका अध्यक्ष रवि कुमार साहले भने प्रहरी र सर्वसाधारण जनता दुबै मिलेर समाजिक अपराध न्यूनीकरण गर्न सकिनछ। प्रहरी पनि बर्दी लगायेको जनता हुन् र प्रहरीसङ भय र तरास नमानी आवश्यकतामा सके जति सहयोग गर्नु पर्छ। अहिले पनि हाम्रो समाजमा कसैको घरमा प्रहरीले प्रवेश गरेमा उक्त व्यक्तिले केही गलत गरेको मान्शिकता अहिले पनि छदैछ । यस्तो मान्शिकतामा परिवर्तन लयाउन आवश्यक पर्ने विभिन्न कार्यक्रम अगामि आउने दिनमा गरिराखने भन्ने प्रतिबधता समेत अध्यक्षले जनाएका हुन्।
यस नव निर्वाचित समितीमा रवि कुमार साह उक्त समितिको सन्योजक(अध्यक्ष),जानकी रमन झा स:सन्योजक,विवेक नन्दन कर्ण स:सन्योजक,श्रीनारायन पन्डित (वडा प्रहरी मुजेलिया प्रमुख) सदस्य सचिव, अभिषेक यादव निमित कोषाध्यक्ष,जितेन्द्र यादव ,भवानी साह ,सुरक्षीत चौधरी ,सितल साह ,कृष्णा पाण्डे,बैधनाथ यादव,प्रफुल कर्ण,रुपेश झा,समीर खान,अजय यादव,कृष्णा महतो,सम्शेद अनसारी,अमित यादव, रवि साह र सन्नी साह सदस्य गरि २१ जनाको कार्यसमिती गठन गरियो।