हुलाकी न्यूज,महोत्तरी :महोत्तरीका उखु किसान धमाधम उखु पेल्न लागेका छन्।
दीपावली र छठ पर्वमा मिठ्ठा यानी (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्नमा जुटेका छन्।
जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती बस्तीमा अहिले घरघरैजसो तुर्पिन उखु पेल्ने उपकरण चलिरहेका भेटिन्छन्।
चाडपर्वमा मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो ।
भङ्गाहाका ४ प्रेमनगरका किसान सुफल महतोले भने, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ।
चिनी मिल उद्योगको चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ रहेको छ ।




