हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश नं २ को मिथिला क्षेत्रमा प्रत्यक वर्ष तिहार र छठ पर्वअघी कुम्हाल माटोसँग खेल्न अभ्यस्त सुरु गर्छन् ।

तिहार (दीपावली) र छठ पर्वका पूजा र व्रत विधिमा माटाका नयाँ भाँडाको प्रयोग गरिने परम्पराले कुम्हाल (तराईमा माटाका भाँडा बनाउने पेशाका खास जाति समुदाय) अहिले माटोसँग खेल्न अभ्यस्त देखिएका हुन् ।

प्रदेश २ का सबै जिल्लाहरु प्राचीन मिथिला संस्कृतिका केन्द्र मानिन्छन्।

परम्परागत यसै परम्पराको चल्न अहिले कुम्हाल बस्तीमा माटाका भाँडा बनाउने काम चलेको देखिन्छ।

टायर गाडामा चिम्टाइलो माटो ओसार्न, डल्ला फुटाएर माटो धुल्याउन, पानी हालेर मुछ्न र भाँडा बनाउने चक्रसम्म पुर्याउन परिवारका सबै सदस्य लागिपरेका देखिन्छन्।

मुछिएको माटो चक्रमा राखेर सीप भएका कुम्हालले आफ्नो हात चलाउँदै माटोलाई भाँडाको रूपमा ढालेको दृश्य एकछिन हेर्नेका लागि जादुजस्तै लाग्दछ। चक्रमा घुमाएर तयार भएका भाँडा केही दिन आगोको भट्टीमा पकाएपछि यो क्रमले पूणर्ता पाउँछ। कुम्हाल बस्तीमा बढेको सक्रियताले दीपावली र छठ नजिकिएको जोसुकैले सहजै लख काट्दछन्।

केही दशकअघिसम्म मिथिलामा पानी राख्ने घैँटा, खाना पकाउने डेक्ची र राखनधरन प्रयोजनका भाँडा माटाकै प्रयोग गरिँदा कुम्हालको जीवन गुजारा नै यसैबाट चल्थ्या ।
अब भने घरायसी दैनिक प्रयोजनमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि परम्परागत कुम्हाले पेशा सङ्कटमा परेको छ । अब चाडबाडमा माग हुने भाँडाले मात्र जीवन गुजारा नचल्ने भएपछि पछिल्लो पुस्ताका कुम्हाल अन्य पेशामा लागेका छन् ।

मिथिलाञ्चल क्षेत्रमा दैनिक प्रयोग र पर्व विशेषमा माटाका भाँडाको महत्व भए पनि पछिल्ला दिनमा प्लाष्टिकका भाँडाको प्रयोग बढेपछि आफ्नो सीपले बजार पाउन छाडेको कुम्हाल बताउँछन् ।

 

मिथिलाञ्चलका दशहरा (बडादशैँ), दीपावली, छठ, चौरचन, घडीपर्व, जितिया र जुडशीतललगायतका प्रसिद्ध पर्वमा दही जमाउनदेखि अन्य पूजा सामग्री राख्नसमेत माटाकै भाँडा चाहिने विधि भए पनि आम उपभोक्ताले दैनिक प्रयोगमा प्लाष्टिकका भाँडा रोज्न थालेपछि कुम्हालको पेशा अब चाडबाडमा खुम्चिएको कुम्हालले बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.