हुलाकी न्यूज / रुपन्देही
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको जिल्ला बैठक भब्यताका साथ सम्पन्न भएको छ ।
कार्तिक २३ गते आइतवारका दिन जिल्ला संयोजक रामकेश गुप्ता ज्यूको अध्यक्षतामा बसेको वैठकले कार्तिक महिनामा सम्पन्न पहिलो चरणको स्थानिय निकायको पार्टी अधिवेशन द्वारा चयन भएका समितिहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको थियो, साथै बांकी अन्य ६ वटा गा.पा. /न.पा. को पहिलो चरणको अधिवेशन मंसीर महिनामा तालिकाबद्ध मितिमा सम्पन्न गरिने निर्णय गरेको छ ।
गा.पा./ न.पा. – स्थान – मिति :
१. मायादेवी गाउँपालिका – सुन्डी – मंसिर १८ गते बिहीबार
२. मर्चवार गा पा – खैरा – २० गते शनिबार
३. कोटहीमाई गा पा – बैरघाट – २२ गते सोमबार
४. सम्मरीमाई गा पा – दुबैथुमवा – २४ गते बुधवार
५. गैडहवा गा पा – मंगालपुर मेरेज हल – २७ गते शनिबार
६. लु .सा .ना .पा – महिलवार – २९ गते सोमवार
जनमत पार्टीका केन्द्रिय सदस्य युवा नेता भोपेन्द्र प्रसाद यादव ज्यूको प्रमुख अतिथ्यमा सम्पन्न उक्त बैठकमा जिल्ला सह- संयोजक चन्द्रशेखर सोनार, जनमत विद्यार्थी संघका केन्द्रिय सदस्य विकास प्रसाद लोध, जिल्ला सह-सचिव कृष्ण कोहार, जिल्ला कोषाध्यक्ष संजय कुमार मिश्रा, सहित जिल्ला सदस्यहरु, क्षेत्रका क्षेत्रीय संयोजक, गा.पा. / न.पा. का इन्चार्ज, जनमत पार्टी द्वारा चयन भएका सबै वडाका वडा अध्यक्ष लगायत जनमत पार्टी रुपन्देही जिल्लाका नेता – कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती थियो ।