हुलाकी न्यूज, मलेसिया
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), मलेसिया शाखाले अनलाइन बैठक मार्फत सर्वसम्मतिले तेस्रो कार्यसमिती चयन गरेको छ ।
८ नवम्बरका दिन सम्पन्न अनलाइन बैठकद्वारा अध्यक्ष सिकेन्द्र यादवको नेतृत्वमा ५२ सदस्यीय तेस्रो कार्यसमिति गठन गरेको हो।
कार्यसमिति सह-अध्यक्षमा बीरेन्द्र यादव, उपाध्यक्षमा अरुण कुमार यादव, दिपक कुमार गुप्ता, लक्ष्मी प्रसाद कुशवाहा र राजेन्द्र राम रहेका छन्।
त्यसैगरी महासचिवमा रबिन्द्र कुमार यादव, सचिवमा बिनोद मण्डल, सह – सचिवमा शंकर कुमार दास, कोषाध्यक्षमा प्रमोद साह, सह – कोषाध्यक्षमा राम बिश्वास यादव, मीडिया संयोजकमा आनन्द राय, रूपेश कुमार यादव र शिव कुमार दास चयन भएका छन।
बरिष्ठ सदस्यहरुमा मंशी कुमार खाँग (केएलसीसी क्षेत्र अध्यक्ष ), राज मुखिया(जोहोरबारू क्षेत्र अध्यक्ष), राम छबीलाल बैठा(रावांग क्षेत्र अध्यक्ष), सुरेश कामती(निलाई क्षेत्र अध्यक्ष), श्याम कुमार मुखिया(ईपो क्षेत्र अध्यक्ष), वकील देव मुखिया (साहआलम क्षेत्र अध्यक्ष) का साथै अन्य कार्यकारी सदस्यहरुमा अरविन्द साह, ब्रहमदेव महतो, बिमल राय, बोलबम साह, ज्ञानेंद्र कुमार ठाकुर, हबीब बैठा, जितेन्द्र प्रसाद यादव, ललित कापर,नागेन्द्र यादव, निरंजन कुमार साह, पप्पु कुमार यादव, प्रदीप कुमार साह, राम बिदेही पासवान, राजेश पासवान, राम बिश्वाश यादव, रामवृक्ष महतो, राम दरेश राय, राम पुकार महतो, राम उदगार मण्डल, रतन मण्डल, शम्भु ठाकुर, श्याम कुमार यादव, श्याम नारायण राय, सुशील ठाकुर र सुलोचन पासवान चयन भएका छन।
त्यसैगरी, सल्लाहकार मन्डलमा प्रमुख सल्लाहकार संजीव कुशवाहा एवं सल्लाहकारहरुमा बैजु पटेल, जनकलाल यादव, प्रदीप महरा, राज कुमार मेहता, सहदेव शर्मा र शिवराज यादवलाई मनोनित गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सिकेन्द्र यादवका अनुसार उक्त बैठक द्वारा कार्यसमिती छनौट गर्नुका साथै हालको परिस्थितीमा कोरोना समन्वय समितीको कार्यसमिक्षा गरिएको र आगामी दिनमा आवश्यक अन्य संगठनिक उपसमितिहरु बनाई सांगठनिक कार्यक्रमहरुलाई तिब्रता दिने निर्णय गरेको छ।
उक्त अनलाइन बैठकमा एनआरएमएका अन्तर्राष्ट्रीय समिती अध्यक्ष ई. बसन्त कुशवाहाको सुझाव-सल्लाह एवम निर्देशन अनुरुप संगठनको कार्यक्रम अगाडि बढाइएको अध्यक्ष सिकेन्द्र यादव ले जानकारी दिए ।
अन्तर्राष्ट्रीय समिति अध्यक्ष कुशवाहाले मलेशियामा रहेका सम्पूर्ण मधेसी समुदायलाई एनआरएमए सँग आबद्ध हुन र एक अर्काको सुख:-दुख:मा साथ दिन आग्रह गरेका छन्।