हुलाकी न्यूज, धनुषा : बसहियाको निरलार्जुना इन्जिनियरिङ कलेजमा राष्ट्रिय युवा परिषद् र संघिय युवा संजाल बाट एकदिने तालिम सम्पन्न गरियो।
यस एक दिने तालीममा राष्ट्रिय युवा परिषद् र संघिय युवा संजालले युवाहरुलाई नेतृत्व विकास बारे जानकारी तथा नेतृत्व विकास मा सहयोग पुर्याउन तालिम प्रदान गरेका हुन्।
अहिलेको वर्तमान समयमा युवाहरूलाई नेतृत्व बारे जानकारी गराउन र उहाँहरुको नेतृत्व विकास मा सहयोग पुगाउन यो नेतृत्व विकास तालिम आयोजना गरिएको हो।
राष्ट्रिय युवा परिषद् प्रदेश नं २ का ईन्चार्ज रक्की प्रसाद साहले यस तालिमको सहजीकरण गर्दै ‘जय युवा’ को नारा लगाउँदै भने सहिजकरण गर्दा नेतृत्व के हो? नेतृत्वहरुलाई नेतृत्वमा आउन किन आवश्यक छ , असल नेतृत्वका गुणहरु के के हुन ? नेतृत्व गर्दा आउने अबरोधहरुलाई कसरी न्यूनीकरण गर्ने जस्ता विषयमा तालिम दिई सहभागी युवाहरूले वर्तमान समय उहाँहरुले भोगुरहेको समस्याहरु जस्तै बालविवाह , दहेज प्रथा , लागू औसध बाट कसरी बचन सकिन्छ बारे छलफल गरि र साथै नेतृत्व विकासका मुल मन्त्रहरुमा निकेन्द्रित भई सहजीकरण गरिएको जानकारी दिएका हुन्।