हुलाकी न्यूज, काठमाडौं : भारत सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई २८ थान भेन्टिलेटर सहयोग गरेको छ।
मन्त्रालयमा आइतबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भेन्टिलेटर हस्तान्तरण गरका हुन्।
कोरोनाको संक्रमण बढ्दै गएका बेला एक देशले अर्को देशलाई सहयोगको आवश्यकता परेकाले सहयोग गरेको भारतीय राजदूत क्वात्राले बताए।
मन्त्री ढकालले ती भेन्टिलेटर अत्यावश्यक भएका स्वास्थ्य संस्थामा उपलब्ध गराउने बताए।



