हुलाकी न्यूज,काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित भएकामा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित भएकामा कमला ह्यारिसलाई बधाई ज्ञापन गरेका छन्।

ट्वीट गरी राष्ट्रपति भण्डारीले उनीहरूको कार्यकालमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध तथा जनस्तरको मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले  ट्वीट गरी निर्वाचनमा प्रभावशाली र ऐतिहासिक विजय प्राप्त गरेकामा बाइडेन र ह्यारिसलाई बधाई ज्ञापन गरेका थिए।

नेपाल अमेरिका सम्बन्धलाई अझ सुदृढ गर्न नयाँ अमेरिकी नेतृत्वसँग निकटमा रही काम गर्ने चाहना पनि प्रधानमन्त्रीले ओलीले व्यक्त गरेका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.