संजय तिवारी, कलैया (बारा), ११ कार्तिक । बारा जिल्लाको सदरमुकाम कलैयामा चिनविरुद्ध स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । मधेशमा ७५ दिन देखिको आन्दोलन र ३७ दिन देखि जारी नाकाबन्दीलाई सरकारले बेवास्ता गरिरहँदा मधेश विरोधी नेपाल सरकारलाई तेल सहयोग गरी मधेशकै बिरोध गरेको भन्दै उनीहरुले बुधवार प्रदर्शन गरेका हुन् ।

‘मधेश बिरोधी सहयोग बन्द गर’, ‘ब्याक अफ चाईना’ भन्दै सयौंको संख्यामा रहेका युवाहरुले कलैयाको शहिद चौकबाट प्लेकार्ड सहित निकालेको र्याली नगरभरी परिक्रमागरी पुनः चौकमै आएर सकिएको थियो ।

मधेशी जनताले अधिकारका लागि गरेको आन्दोलनमा नेपाल सरकारले ब्यापक दमन गरी ४२ जना मधेशीको हत्या गरिँदा र सँयौ निर्दोश जनतालाई अंगभंग गरिँदा पनि चिन सरकारले त्यसको बिरोधमा नबोलेको तथा आन्दोलनको क्रममा भारतीय नाकाहरु बन्द गरेपछि त्यसबाट भएको अभावलाई पुरा गर्न चिनले नेपाललाई तेल दिने भनेपछि त्यसको बिरोधमा उत्रेको बिरोध गरिरहेका युवाहरुले बताएका छन् ।

मधेशको अधिकार प्राप्त नभएसम्म चिनले नेपाललाई कुनैपनि सहयोग गर्ननहुने उनिहरुको तर्क छ ।

प्लेकार्ड सहित निकालिएको जुलुसपछिको कोणसभामा बोल्दै युवाहरुले चिनले नेपाललाई दिनलागेको सहयोग नरोके बिरोधलाई झन सशक्त बनाउने बताएका थिए ।

back off china

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.