कार्तिक २०/ हुलाकी न्यूज/ बारा, कलैया
आजभोली मधेशका जिल्लाहरुमा डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरी नेता-कार्यकर्ताहरु प्रवेश गर्ने क्रम तीब्र रुपमा वृद्धि हुँदै गइरहेको छ ।
आज बिहिवार बारा जिल्लाको कलैयामा आयोजित पार्टी प्रवेश कार्यक्रममा तात्कालीन राजपाका केन्द्रीय सदस्य रामबाबु साह सहित सयौं नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन्।
सोही कार्यक्रममा तत्कालीन माओवादी पार्टीकी उप-मेयर प्रत्याशी रम्भा देवी साह सहित दर्जनौं नेता-कार्यकर्ताहरु पार्टी प्रवेश गरेका छन्।
सोही कार्यक्रममा नेपाली कांग्रेस तथा जसपाका वार्ड र पालिका स्तरका दर्जनौं नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन।
त्यसैगरी माछा-मासु ब्यवसायी संघका अध्यक्ष भोला अंसारी, सिलाई संघका अध्यक्ष रहम मन्सुर, राष्ट्रिय वाणिज्य बैंकका सहायक ब्यवस्थापक कैलाश ठाकुर र प्राध्यापक हरि प्रसाद पटेल सहितका राजनीतिक, गैर-राजनितीक ब्यक्तित्वहरु समेत जनमत पार्टीमा प्रवेश गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका संस्थापक सदस्य अब्दुल खान, कार्यक्रमका सभापति जिल्ला ईन्चार्ज सुरेश साह,विशेष अतिथि ओमप्रकाश साह सहित जिल्लाका प्रमुख नेताहरुको उपस्थिति थियो।
जनमत पार्टीको व्यापक पार्टी प्रवेश कार्यक्रम आगामी दिनमा जारी रहने जनाईएको छ।
मधेशमा स्वच्छ तथा प्रगतिशील छवि बनाएको जनमत पार्टी युवा वर्गमा एकदमै चर्चित हुंदै गइरहेको छ।
