हुलाकी न्यूज, जलेश्वर, ११ कार्तिक । महोत्तरीको मटिहानीलगायतका ठाउँमा बुधबार पनि बिहानैदेखि भारतीय नाकामा मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् । मधेशी मोर्चाले आन्दोलन र नाकाबन्दी झनै सशक्त बनाउने निर्णय गरे अनुरुप जिल्लामा नाकाबन्दीमा कडाई गरिएको छ ।

पेट्रोलियम पदार्थको तस्करी हुन नदिन निगरानी बढाइएको छ । मोटरसाइकलमा फुल ट्यांकी पेट्रोल भरेर्को पाइए कार्यकर्ताहरुले पेट्रोल निकालेर नष्ट गर्ने गरेका छन् ।

मधेशी मोर्चा र स्थानीयवासीले सबैजसो मोटरसाइकलको ट्यांकी जाँच गर्नेगरेका छन् । मोर्चाले आन्दोलन र निगरानी कडा पारेदेखि कालोबजारीमा नियन्त्रण भएको मोर्चाको दाबी छ ।

petrol nikaldai madheshi morcha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.