हुलाकी न्यूज,जनकपुरधाम : ओरेका नेपाल धनुषा द्वारा जनकपुरमा आयोजित बलात्कार तथा लैङ्गिक हिंसा विरूद्ध को राष्ट्रिय अभियान को अपिल कार्यक्रम सम्पन गरियो।
यस कार्यक्रमाओरेक नेपाल धनुषा द्वारा आयोजित बलात्कार तथा लैङ्गिक हिंसा विरूद्ध को राष्ट्रिय अभियानको ज्ञापन पत्र आन्तिरक मामिला तथा कानुन मन्त्री बुझईएको हो।
यस कार्यक्रममा प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री,धनुषाको मुखियापट्टी मुसरनिया र गणेशमान चारनाथ नगरपालिकाकी उप-प्रमुख,नेपाल बार एशोसिएसन का अाध्छय, नग्राईन पालिकाका उप- मेयर तथा युवाहरु उप्सित थिए।
ओरेक नेपालले आयोजित महिला हिंसाको अवस्था तथा न्यायमा पहुँचको पहुँचको लागि न्यायिक समितिको भुमिका विषयक संवाद कार्यक्रममा प्रदेश नं २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले भने परिवारमा भेदभाव रहेकाले महिला हिंसा न्युनिकरण हुन नसकेको र अहिलेको परिस्थितिमा परिवार भित्रै पनि छोरा र छोरीलाई समान किशिमको व्यवहार तथा अंश र सम्पतीमा समेत विभेद रहेकाले दाइजो प्रथा मौलाएको बताउनु भयो।
मन्त्री यादवले भने, समाजमा छोरा छोरीलाई समान अंश र सम्पतीको लायक सम्झिए दाइजो आफै अन्त्य हुने उनको कथन रहेको छ। र साथै प्रदेश सरकारले महिला लक्षित शसक्तिकरण कार्यक्रमको विधेयक पारित गरिएको तथा अहिलेको अवस्थामा महिलाहरुको स्तरोन्तीका लागि सबै तहमा महिलालाई ५० प्रतिशत सहभागीताको ग्यारेन्टी गरिएको र प्रदेश स्तरमै सेफ हाउस तथा उठेका प्रश्नको उत्तरमा स्थानिय तहका न्यायिक समितिका अध्यक्षलाई ८ दिने तालिमको पनि व्यवस्था प्रदेश सरकारले नै गर्ने प्रतिबद्धता समेत जाहेर गरेका हुन् ।




