आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र ? हुन पनि हामीमध्ये धेरैले आफ्नो शरीरलाई फिट बनाउने चाहनामा भात खान छोडिरहेका पनि हुनसक्छौँ। एशियाली देशमा त झन् यो क्रम बढी हुन्छ। किनकि एशियामा सेतो चामलको भात खाने परम्परा छ।
हामी नेपाली पनि दुई छाक भात नै खान खोजिरहेका हुन्छौँ। तर, हामीले खाने सेतो चामलको भातमा चाहिँ स्टार्च र क्यालोरी निकै धेरै हुन्छ । यसले ब्लड सुगर बढाउने मात्र होइन, मोटोपना पनि बढाउँछ। त्यसैले हामीले तौल घटाउनु पर्ने छ भने सेतो चामलको भात भन्दा ‘ब्राउन’ चामलको भात खान सक्छौँ।
अमेरिकी तथ्याङ्कअनुसार १०० ग्राम पाकेको चामलमा १३० क्यालोरी र २८ ग्राम कार्बोहाइड्रेट हुन्छ। अनि हामीले खाने गरेको भातमा फाइबर र प्रोटिन हुँदैन । यसमा केही मात्रामा भिटामिन बी हुन्छ। त्यसैले तौल घटाउन मन हुनेहरुले अहिले नियमित खाइरहेको भात भन्दा काब्रोहाइड्रेट कम हुने चामलको प्रयोगलाई प्राथमिकता दिनुपर्छ।
एजेन्सी




