अमेरिकामा आउँदो चार वर्षका लागि सर्वोच्च नेता (राष्ट्रपति) चयनका लागि मंगलबार (नेपाली समय अनुसार मंगलबार राति) मतदान हुँदैछ।
चुनाव सुरु भन्दा अन्तिम दिनको अन्तिम समयमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले मतदाता आकर्षित गर्ने अन्तिम प्रयास गरेका छन्।
ट्रम्पले नर्थ क्यारोलाइना, पेनसिलभेनिया, विस्कनसिन र मिसिगनमा चुनावी सभा गरेका छन्। यस्तै पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले पेनसिलभेनिया र ओहायोमा चुनावी कार्यक्रम गरेका छन्।
चुनावअघि भएका सर्वेक्षणहरुले जो बाइडेनलाई स्पष्ट रुपमा अघि रहेको देखाएका छन्।
सोमबारसम्म अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या ईतिहासकै सबै भन्दा बढी
चार वर्षअघिको चुनावमा खसेको कुल मतको ७१ प्रतिशत भन्दा धेरै पुगेको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ९ करोड ७९ लाख भन्दा बढिले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मत दिएका छन् ।
राष्ट्रिय रुपमा बाइडेन अघि रहे पनि केही महत्वपूर्ण राज्यहरुमा भने सो अग्रता अति साँघुरो देखिएको छ। चार वर्षअघिको चुनावमा सर्वेक्षणहरुले हिलारी क्लिन्टनलाई अघि देखाएको थियो तर चुनावमा ट्रम्प विजयी भएका थिए ।




