हुलाकी न्यूज, काठमाडौँ ।इटालियनसिरी ए फुटबलमा क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनसहित युभेन्टसले सानदार जित हात पारेको छ।  आइतबार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ४–१ को फाराकिलो अन्तरले हराएको हो।

स्पेजियाको मैदानमा भएको खेलमा युभेन्टसलाई प्रभावशाली जित दिलाउँने क्रममा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे। कोरोनापछि कोरोनामुक्त भई मैदान फर्किएको पहलिो खेलमा नै रोनाल्डो प्रभावशाली प्रदर्शन गर्न सफल भएका हुन्।

१४ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरी युभेन्टसलाई सुरुवाति अग्रता दिलाएका थिए।  ३२ औँ मिनेटमा  स्पेजियाका पोपेगाले  बराबरी गोल गरेका थिए। रोनाल्डोले ५९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका थिए। ६७औँ मिनेटमा राबिओटले गोल गरेका थिए।  ७६ औँ मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले दोस्रो गोल गरेका हुन्।

जितपछि ६ खेलबाट १२ अंक जोडेको युभेन्टस तेस्रो स्थानमा उक्लिएको छ। उ शीर्ष स्थानको एसी मिलान भन्दा चार तथा दोस्रो स्थानको सासुओलो भन्दा दुई अंकले पछि रहेको छ।

आइतबार राति भएको खेलमा एसी मिलानले युडिनेसलाई २–१ ले पराजित गरेको छ। यस्तै सासुओलोले नापोलीलाई २–० ले पराजित गरेको छ। लाजिओले तोरिनोलाई ४–३ तथा रोमाले फियोरेन्टिनालाई २–० पराजित गरेको छ भने साम्पडोरिया र जेनोआले १–१ को बराबरी खेलेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.