अमरेन्द्र कुमार यादव, महेन्द्रनगर, १० कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मुक्ति मोर्चा द्वारा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा भैंसी जुलुस प्रदर्शन गरिएको छ ।

सोमबार महेन्द्रनगरको हनुमान चौकबाट निकालिएको उक्त जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः हनुमान चौकमा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले राष्ट्रपति डा. रामबरण यादवलाई भैंसीहरु उपहार स्वरुप दिनुपर्ने भनेर व्यंग्य गरेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै स्थानीय नेता बिजय यादवले राष्ट्रपति यादव पहिले पनि यादव भएकोले गोठाला नै थिए र अब फेरि पदावधी समाप्त भएपछि मधेशमा फर्किदा उहाँका लागि अरु केही नभई भैंसी पालन नै उचित हुने भन्दै भैंसी उपहार दिन उपयुक्त हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.