साउथ फिल्मका चर्चित अभिनेता हुन् महेश बाबु | १९७९ मा कमियो नीडा मा बालकलाकारको भुमिका निभाएर अभिनय शुरु गरेका उनी नयाँ फिल्मका कारण मात्र नभई सामाजिक कार्यबाट पनि चर्चामा आइरहने गर्छन् ।
यसैबीच हालै उनले बाढी पिडितका लागि ठुलो रकम सहयोग गरेर चर्चामा आएका थिए। हालसम्म धेरै फिल्ममा अभिनय गरिसकेका उनका धेरै प्रशंसकहरू छन् ।

भारतिय मिडियाका अनुसार उनी दक्षिण भारतीय फिल्म उद्योगका सबैभन्दा धेरै पारिश्रमिक बुझ्ने अभिनेता पनि हुन्।
उनले एक फिल्ममा काम गरेको २० देखि २२ करोडसम्म पारिश्रमिक लिने गर्छन्। उनका हरेक फिल्मले बक्सअफिसमा राम्रो व्यापार पनि गरेका छन्। फिल्ममा उनको लुक्स, अभिनय र स्टाइल धेरैले रुचाउने गर्छन्।
भारतिय मिडियाका अनुसार उनको १५० करोडभन्दा बढी सम्पत्ति रहेको छ। उनलाई साउथ सुपरस्टार रजनीकान्त धेरै नै मनपर्ने गर्छ।
एजेन्सी |



