हुलाकी न्यूज, जनकपुरधाम । नेपालका मिथिला आर्टिस्टले बंगलौरमा खोले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट। जनकपुरधामका बासी मिथिला आर्टिस्ट रीतिई कर्ण र प्रशान्त लाभले बंगोलारमा अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट ग्यालरी खोलेका छन्।
मिथिला आर्टिस्ट रीतिई कर्णले भनिन् मैले यो अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट खोल्नु मेरो ठूलो सपना थियो र यस आर्ट्स एण्ड क्राफ्टमा धेरै आर्टिस्टहरुलाई जोड्ने प्रयास गर्नेछु र मिथिला चित्रकलाको मौलिक परम्परा अहिलेसम्म पनि कायमै छन्| स्थानीय वस्तुको प्रयोग चित्रकलामा हुनु, घरेलु सामग्री र वनस्पतिबाट रङ्ग निर्माण गरी चित्रकलामा प्रयोग गर्नु पनि यसको मौलिक विशेषता नै मानिन्छ।
मिथिला चित्रकलाको मौलिक विशेषता भनेकै देवीदेवताहरूका चित्रमा पनि मानवीय भाव व्यक्त हुनु हो |विशेष गरेर विवाह. ब्रतबन्ध, पूजाआजा, चाडपर्व, ब्रतपूजाका अवसरमा मिथिला चित्र बनाउने गरिन्छ। विभिन्न प्रतीकहरूको प्रयोग गरी मिथिला क्षेत्रको मौलिक परम्परागत कलात्मक रूपमा प्रतीक चिन्हको प्रयोग भएको पाइन्छ|
जसले मैथिली समुदायको जीवनशैली र लोकपरम्पराबारे जानकारी पाउन सकिन्छ, साथै मिथिला कलाकार रीतिई कर्णले भने मिथिला चित्रकला नेपालको सांस्कृतिक सम्पदा हो|अहिले संसारले मिथिला चित्रकलाको महत्त्व र समान गर्दछन् र जनकपुरधाम मिथिला चित्रकलाको ठूलो केन्द्र रहेको छ र अहिलका नयाँ पुस्ताहरुले मिथिला चित्रकलामा धेरै रुचि देखाउँदै आइरहेका छन्।त्यसैले अन्सिएँट मिथिला आर्ट्स एण्ड क्राफ्ट ग्यालरी नेपाल भारत सबै ठाउँमा खोल्ने विचार गरेका छन् जहाँ मिथिला आर्टिस्टहरुले आफ्नो पेन्टिङ राख्न सक्नु र आफ्नो प्रतिभा सम्पूर्ण जानमा देखाउन सकुन्।