हुलाकी न्यूज, वीरगंज, १० कार्तिक । वीरगंजमा जारी मधेश आन्दोलन र नाकाबन्दीलाई असफल बनाउन नेकपा एमाले सक्रिय भएर लागिपरेको आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आरोप लगाएको छ । मधेशी मोर्चाका पर्सा संयोजक तथा संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले नेकपा एमाले नेतृत्वको सरकार मधेश आन्दोलन तुहाउन असफल भएपछि स्थानीय स्तरमा पहाडी मधेशीको साम्प्रदायिक मुठभेड गराउन वीरगंजमा बैठक बसेर रणनीति नै बनाएको आरोप लगाएका छन् ।
एमालेको केन्द्रिय निर्देशन अनुसार स्थानीय नेता बालगोपाल थापाको घरमा मंगलबार नेपाल पत्रकार महासंघ पर्साका पुर्व अध्यक्ष केसी लामिछानेको सक्रियतामा एमालेका स्थानीय अगुवा र पार्टीआबद्ध पत्रकारहरुको बैठक भएको छ । विशेष स्रोतलाई उदृत गर्दै नेता यादवले उक्त बैठकमा आन्दोलन तुहाउन मिडिया र पत्रकारलाई प्रयोग गर्ने रणनीति बनेको बताएका छन् ।
नेता यादवले दिएको जानकारी अनुसार आन्दोलनको बिरोधमा जनमत बनाउने, मिडियालई मधेश आन्दोलनविरुद्ध बढीभन्दा बढी परिचालन गर्ने, आन्दोलनभित्र गोप्य रुपमा कार्यकर्ता परिचालन गरी ह्रिसंक गतिविधि बढाई मधेशी पहाडीबीच सम्प्रदायिकता भड्काउने लगायतका विषयमा बैठकमा निर्णय भएका छन् ।
बैठकमा पत्रकार महासंघका पर्सा अध्यक्ष श्याम बञ्जारा, एमालेका सभासद विचारी यादवका सल्लाहकार समेत रहेका शिक्षक अरविन्द सिंह, स्थानीय एमाले अगुवा प्रभु हजरा, किशोरी कुशवाहा, सांसद राजकुमार गुप्ताका संसदीय प्रतिनिधि संजीव मिश्रा लगायतका व्यक्तिहरुको उपस्थिति रहेको स्रोतले जनाएको छ ।
यता महासंघका पर्सा अध्यक्ष बंजाराले हुलाकी न्यूजलाई टेलिफोनमार्फत आफू उक्त बैठकमा उपस्थित नरहेको जनाएका छन् । उनले आफू काठमाडौंमा रहेको र उक्त बैठकमा अनुपस्थित रहेको बताएका छन् ।




Madesh birodhi haru ko ahankar yestai raheo vane nepal desh ko astitwa khatra ma 6.
swatantra madesh tira agadi badhnu parcha aba