हुलाकी न्यूज, काठमाडौंः गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले दर्ता अपरेटर पदका लागि करारमा १ सय कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
कार्तिक १३ गतेदेखि १५ सम्म अनलाइनबाट फाराम भर्न सकिनेछ। यसको लिखित परीक्षा मंसिर १३ गते हुने भने यसमा फाराम भर्दा कुनै शूल्क लाग्ने छैन। १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ र तीन महिना कम्युटर सम्बन्धी तालिम गरेको हुनु पर्नेछ।
काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागले जनाएको छ।
यहाँ क्लिक गरी युजर आईडी बनाएर अनलाइन दरखास्त फाराम पेश गर्न सकिनेछ।