हुलाकी न्यूज , कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७ मा रहेको अजिगरा ताल सङ्कटमा परेको छ । तालको चारै तिरबाट अतिक्रमण हुन थालेपछि ताल सङ्कटमा पर्दै गएको हो ।
अजिगरा ताल जंगली धान तिन्नीको प्रकृतिक उपज स्थलका साथै विभिन्न स्वदेशी तथा विदेशी चराहरुको प्रजन्न स्थलको रुपमा रहेको छ।
करिब २५ बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको तालमा स्थानीय बासिन्दाले संरक्षण नगर्दा माटोले पुरिएर अस्तित्व नै लोप हुने सङ्घारमा छ ।सारस प्रजाति चरा समेत पाईने यो तालमा व्यवस्थापनको अभावका कारण जैविक विविधता संरक्षण हुन सकेको छैन ।



