अमेरिकी गायक कर्ट कोबेनको २७ वर्षको उमेरमा आत्महत्या गरेका उनले आफ्नो मृत्यु भन्दा ५ महिना अगाडि १८ नोभेम्बर सन् १९९३ मा एमटिभीको लाइभ प्रोग्रममा पर्फोमेन्स दिएका थिए ।
उनको उक्त भिडियो अहिले पनि युट्युबमा देख्न सकिन्छ । यो भिडियो अहिलेसम्म ३० करोड भन्दा धेरैले हेरीसकेका छन् ।
त्यति मात्रै होइन, उनको उक्त भिडियोले सन् १९९६ मा ग्रेमी अवार्ड समेत पाएको थियो । तर त्यो बेला कोबेन यो संसारमा थिएनन्।
अहिले उनको बारेमा एउटा खबर सार्वजनिक भएको छ। उक्त कार्यक्रममा उनले प्रयोग गरेको गितारको मूल्य ६० लाख पाउण्डमा लिलामी भएको छ।
उक्त मार्टिन डी १८ ई अकूस्टिक गितारको लिालामी १० लाख डलरबाट शुरु भएको थियो । अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक पीटर फ्रीडम्यानले अन्तिममा यसलाई किनेका छन् ।
यो अहिले संसारकै सबैभन्दा महंगो गितार भएको बताइएको ।