हुलाकी न्यूज, जनकपुरधाम । बडादसैंको आठौं दिन शनिबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ।
जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी माता मंदिर पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले राजदेवी मन्दिरमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने मिथिलामा जनविश्वास रहेको छ।
‘सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन र अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो, सात्विक र पशुबलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो।
आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्को भनाइ छ। चण्डीको आठौंँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने रहेको बताउँछन्।
कोरोना महामारीका बीच श्रध्दालु हरुले प्रत्येक वर्ष झैं जनकपुरको राजदेवी मन्दिरमा बोका बली दिएका हुन ।
जनकपुरधामको मुख्य शक्तिपिठ माता राजदेवी मन्दिरमा यस वर्ष कुल ८ हजार ८ सय ६६ बोकाबली प्रदान भएको छ ।
बोकाबलीका लागि चारवटा ठेहा (बोकाबली प्रदान गर्ने स्थल) को व्यवस्थापन गरिएको थियो ।
यस अघि करिव १५ हजार सम्मको हाराहारीमा बोकाबली प्रदान हुदै आएकोमा कोरोनाको प्रभावका कारण यस वर्ष बोकाबलीको संख्या घटेको हो । अष्टमी (शनिवार) साँझ सात बजेर १० मिनेटवाट बोकाबली प्रदान गर्न सुरु भएकोमा करिव १२ बजे मध्य राती सम्म बोका बलि प्रदान भएको हो।
कोरोना कालमा यस वर्ष विजयादशमीको व्यवस्थापन र बोकाबली प्रदान होला कि नहोला सहितको अन्यौलमा रहेको थियो । तर मन्दिरका आयोजक युवा कमिटिको सहयोग र युवाहरुको परिश्रम ले तथा श्री महाविर युवा कमिटिले हरेक कार्यक्रम सहज र भिडभाड रहित ढंगले गर्न सफलभएको हो। समपन्न भएपछि व्यवस्थापनमा अहोरात्र खटेका युवाहरु माता राजदेवीको जयकारा लगाउदै खुसीयाली मनाएका छन् ।





