
हुलाकी न्यूज, सबैला (धनुषा): डा.सीके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन युवा जनमत संघले धनुषाको सबैलामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ।
सबैलामा दशैंको अवसरमा प्रत्येक वर्ष मेला लाग्दै आएको छ। सोही अवसरमा संघले जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको हो।
शुक्रबार प्रतियोगिताको उद्घाटन जनमत पार्टीकी धनुषा जिल्ला इन्चार्ज अनिता साहले गरेकी छिन्। उदघाटन कार्यक्रममा जनमत पार्टीका नेता इन्द्रजीत यादवलगायतका सहभागी थिए।




