हुलाकी न्यूज, कपिलवस्तु, १० कार्तिक । संघीय समाजवादी पार्टी नेपालका सहमहासचिव अभिषेक प्रताप शाहले सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भईरहेको वार्ता नेताहरुले फोटो खिचाउन मात्र गरिरहेको बताएका छन् । शाहले वार्ताको अर्थ नरहेको औंल्याए ।

हुलाकी न्यूजसँग आज विशेष कुराकानी गर्दै संसदसमेत रहेका शाहले भने, ‘मधेशी मोर्चाले सरकारसँग वार्ता गर्नु अर्थहिन हो । यसअघि पनि धेरै पटक वार्ता भइसकेको छ । तर कार्यन्वयन भएको छैन । तसर्थ वार्तामा अल्झिनुको औचित्य छैन ।’ शाहले भने, ‘मधेशी मोर्चाका केही नेताहरु फोटो खिचाउन र चिया खान वार्ताका लागि दौडिरहेका छन् । केही नेताहरु आन्दोलनबाट थकित भएर वार्ताको नाटकमा लागेका छन् भने केही नेता आन्दोलनमा आउन चाहँदैनन् ।’

शाहले वार्ताभन्दा पनि यसअघि भएको सहमतिहरु कार्यान्वयनको पक्षमा ध्यान दिन नेताहरुलाई आग्रह गरे । उनले कपिलवस्तुका नाकाहरु पूर्णरुपमा ठप्प रहेको बताउँदै पेट्रोलियम पदार्थको तस्करी गर्नेहरुलाई कडाई भइरहेको बताए ।

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.