हुलाकी न्यूज,काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणिलाई पछिल्लो दिनमा भ्रामक सन्देशहरु आइरहेको गुनासो आएपछि त्यस्तो सन्देश पठाउनेलाई कारबाही गरिने जनाएका छन्।
मोबाइल सेवा प्रदायकको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह भएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’ प्राधिकरणले आफ्नो सूचनामा भनेका छन्,
मोबाइल सेवाको नेटवर्क प्रयोग गरी गलत तथा भ्रामक सन्देशहरु मोबाइल सेवाका ग्राहकहरुलाई सम्प्रेषण, प्रवाह नगर्न नगराउन सबै मोबाइल सेवा प्रदायकहरु संस्थाहरुलाई जानकारी गराइन्छ ।’दूरसञ्चार ऐन, २०५३ को दफा ३० ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानि नोक्सानी गरेमा प्राधिकरले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवाना समेत गर्न सक्नेछ’ भन्ने उल्लेख गरेका हुन्।




