हुलाकी न्यूज,काठमाडौं । दशैंको बिदा अवधिभर बैंकहरु नखुल्ने भएका छन्।
फूलपातीको दिन कात्तिक ७ गतेदेखि एकादशीका दिन ११ गतेसम्म सबै बैंकका शाखाहरू बन्द हुने भएको हो।
नेपाल बैंकर्स संघले विज्ञप्ति निकाली कोभिड १९ का कारण बैंकका कर्मचारीसमेत प्रभावित भएकाले पाँच दिन शाखा खोल्न नसकिने जनाएको हो।
यसैगरी, संघले तीन हजार सात सयभन्दा धेरै बैंक कर्मचारीमा कोरोना संक्रमण भएको पनि जनाएको छ।
बैंकका शाखा खुलेर भौतिक कारोबार नभए पनि डिजिटल बैंकिङ र एटीम सेवा भने नियमित हुने संघले जनाएको छ।
विगतका वर्षमा दशैं बिदाको समयमा पनि बैंकहरूले केही घण्टा खुलाउने व्यवस्था मिलाउने गरेका थिए ।




