हुलाकी न्यूज,काठमाडौं : गृह मन्त्रालयले दशैँको समयमा कर्फ्यू लाग्ने भन्ने सामाजिक सञ्जालमा आइरहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
सोमवार मोवाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा संवेदनशीलतालाई जोडी संकटकाल लाग्ने भन्ने विषयमा सत्यता नभएको समेत गृहले जनाएको छ। त्यस्तै उक्त घटनाबारे छानबिनको प्रक्रिया अघि बढिसकेको समेत गृहका प्रवक्ता चक्र बहादुर बुढाले जानकारी दिए।
गृहले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, “आज कार्तिक ३ गते मोबाइल, सामाजिक सञ्जाल लगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल कफ्र्यू लाग्ने भन्ने सूचना सम्प्रेषित गरेकोले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ। उक्त सूचना तथ्यहिन, भामक, निराधार र गलत भएको व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ।
गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइसकेको व्यहोरा समेत जानकारीको लागि अनुरोध छ।“