साउदी अरबको सरकारी टेलिभिजन च्यानलका अनुसार देशका नागरिक र मक्कामा बासोबास गर्दै आएका स्थानीयलाई अब अल-हरम मस्जिदमा नमाज पढ्ने अनुमति हुनेछ ।
सेप्टेम्बरको सुरुवातमा साउदी अरबले आफ्ना नागरिकलाई इस्लाम धर्मावलम्बीहरुका पवित्रस्थलहरु मक्का र मदिनामा तीर्थयात्राको अनुमति दिएको थियो ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि साउदी अरबले सात महिनाअघि मक्का र मदिनाको यात्रामा रोक लगाएको थियो ।