हुलाकी न्यूज, जनकपुरधाम : लिभिङ हुइ्त इन्भाइरोमेन्ट जनकपुरधाम द्वारा प्रदेश न २ मा भईरहेको लङ्गिहिंसा तथा बलात्कारको विरोध जनकपुरधामको जनक चोक मा सामाजिक दूरी कायम गरी शान्ति पुण बिरोध प्रदशन गर्दै मानव चेन निर्माण गरेका हुन।
समाजमा बलात्कार, यौनजन्य हिंसा, अपराधका घटना भयावह बन्दै गएकाले कानुन निर्मन बन्नुपर्ने आवाज उठिरहेको छ। बलात्कारीलाई कडा सजायको माग गर्दै लिभिङ हुइ्त इन्भाइरोमेन्टका अभियन्ताहरु तथा विभिन संधका अभियन्ताहरूले शान्ती पुण र समाजीकदुरी कायम गरी बिरोध प्रदश्न गरेका हुन।
बलात्कारसम्बन्धी कानुन कडा नहुँदा दैनिक सातजनाभन्दा बढी महिलाले यौनजन्य हिंसा र बलात्कार बेहोर्नु परेको उनीहरूको तर्क रहेको छ।
यस मानव चेन निर्माण अभियानमा ओरेक नेपाल, कायापलट, युथ एड्भोकेसि नेपाल, युवा अभियानीहरू, तथा जिल्ला ट्राफीक प्रहरी र नेपाल प्रहरी लगायत सहभागी भएका हुन।






