अर्कना खातुन, काठमाडौं, ९ कार्तिक । नेपाल मुस्लिम अधिकार मंच पर्साले मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । मंचले सोमबार एक कार्यक्रमकाबीच आन्दोलनमा समर्थन रहेको जनाएको हो ।
मंचका ज्याउल सम्मानीको संयोजकत्वमा पर्सा जिल्ला क्षेत्र नंम्बर १ का मुस्लिमहरु भेला भई क्षेत्रिय समिति पनि गठन गरेका छन् ।
कार्यक्रममा मंचका अध्यक्ष जनत अंसारीले मधेशका मागहरु सुनिश्चित गर्न मुस्लिम समुदायले सदैव साथ दिने बताए ।



