हुलाकी न्यूज, काठमाडौं : पिसीआर रिर्पोट अयोग्य भएका यात्रु बोकेर ल्याउने कोरियाको आसियाना एयरलाइन्स कारवाहीमा परेका छन। सरकारले स्वास्थ्य निर्देशिका विपरित यात्रु ल्याएको भन्दै आसियानाको चार्टर उडानको अनुमति खारेज गरेको हो।
सरकारको निर्देशनसँगै नागरिक उड्डयन प्राधिकरणले कम्पनीको बाँकी उडान अनुमति खारेज गरेको प्राधिकरणले जनाएको छ। ’सरकारले तयार पारेको निर्देशिका अनुसार पिसीआर रिपोर्ट अयोग्य यात्रु ल्याउने आसियानाको उडान अनुमति नदिने निणर्य गरेका छौँ। अर्को निणर्य नभएम्मका लागि कम्पनीले नेपाल उडान अनुमति पाउने छैन,’ प्राधिरकरणका महानिर्देशक राजन पोखरेलले भने।
गत शनिबार साँझ ५ः०० बजे आसियानाको चार्टर उडानमार्फत आएका एक सय ५५ यात्रु मध्ये १२ जनाको पिसीआर रिपोर्ट सरकारको स्वास्थ्य निर्देशिका अनुसार अयोग्य देखिएपनि सबै यात्रुलाई घर पठाइएको थियो।
सरकारले तयार गरेको मापदण्ड अनुसार पिसीआर रिपोर्ट योग्य र अयोग्य रहेका दुवै वर्गका यात्रुलाई अनिवार्य होटल क्वारेन्टिनमा राख्नुपर्ने प्रावधान रहेको छ। तर शनिबार आसियानाको चार्ट उडानमार्फत सिओल (काठमाडौं अवतरण भएका दुबै यात्रुलाई परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय लगायतको सिफारिसमा यात्रुलाई रातारात घर पठाइएको थियो।



