
फुलगेन मगही, जनकपुरधामः मधेशमा मगही भाषा जागरण अभियानमा तीब्रता आएको छ। धनुषा जिल्लाको बटेश्वर गाउँपालिकामा उज्जवल युवा क्लवको आयोजनामा मगही भाषा साँस्कृती तथा जागरण अभियान कार्यक्रम सम्पन्न भएको छ।
यसअघि महोत्तरीको वर्दिवासमा मगही भाषाको प्रशिक्षण सम्पन्न भएको थियो।
बटेश्वरमा आयोजित कार्यक्रममा संघीय सांसद उमा शंकर अरगरियाले मगही भाषा भाषीको जनसंख्या बढी भए पनि भाषाको संरक्षण सम्बर्धन नभएको भन्दै दुःख व्यक्त गरे।
‘म सिंगो संसदमा मगही भाषा सांस्कृतिका लागि अवाज उठाउँदै आइरहेको छु।’ सांसद अरगडियाले भने,‘मगहीको संरक्षणका लागि हर सम्भव प्रयास गर्न तयार छु।’
कार्यक्रमका बिशिस्ट अतिथी नबल शरण यादवले मधेशको अस्तित्वसंग जोडिएको मगही भाषा मधेशको संरक्षण आवश्यक रहेको बताए।
कार्यक्रममा मगही गीतमा नृत्य, लोग गीत, गायन झाखी, लगायतका मगही साँस्कृतिका गाथाहरु प्रदर्शन गरिएको थियो।
कार्यक्रममा सरोज महतो, अभियन्ता फुलगेन मगही, उज्ज्वल युवा क्लव बटेश्वर ३ का अध्यक्ष राजकिशोर महतोले भाषाको विषयमा प्रकाश पारेका थिए। बिजय कुमार दास, सन्त सत्यनारायण अलोक, वीर बहादुर महतो, ओ बि सी समाजके केन्द्रिय अध्यक्ष राम कुमार महतो, कुमरी देबी, चन्द्रकाला देबी, चन्द्रकाला देबी, रामचन्द्र महतो , देव सागर दास, राज किशोर महतो, राज किशोर महरालगायतका व्यक्तिहरु सहभागी थिए।



