हुलाकी न्यूज, काठमाडौं, ९ कार्तिक । भूमिगत मधेशी सशस्त्र समूह संयुक्त मुक्ति मोर्चाले सप्तरीमा नेपाली कांग्रेसको सांसदको घरमा फेला परेको सिलिण्डर बम आफूले राखेको दाबी गरेको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ बाट जितेका कांग्रेसका सांसद सुरेन्द्र प्रसाद यादवको घरमा सोमबार बिहानै सिलिण्डर बम फेला परेको थियो । बमलाई स्थानीय नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

जयकृष्ण गोइतको संयोजकत्वमा तीनवटा भूमिगत सशस्त्र समूह मिलेर बनेको संयुक्त मुक्ति मोर्चाले सोमबार नै प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटना आफूले घटाएको दाबी गरेको छ । विज्ञप्तिमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागनाथ र निवर्तमान प्रधानमन्त्री सुशील कोइरालालाई साँपनाथको संज्ञा दिँदै गैरन्यायिक हत्यारालाई कानुनी कारवाही, बन्दी रिहाई र मुद्दा फिर्ता नभए फौजी कारवाहीलाई झनै सशक्त बनाउने चेतावनी दिइएको छ ।

press release of sanyukta mukti morcha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.