हुलाकी न्यूज,काठमाडौं : कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती, वंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्। दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नु पर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन्।
सरकारबाटअहिले सम्म कुनै निणर्य आइनसकेको उनले बताए। तरपनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने तथा जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।
कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निणर्य गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरुमा समेत नियमित पूजा आजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ। अन्यक्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिले सम्म मन्दिरलाई खुल्ला गर्ने निणर्य गरिसकेको छैन। तर अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सिमितरुपमा भए पनि खुल्ला गर्ने तयारीमा जुटेका छन् ।



