हुलाकी न्यूज,काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भनेका अनुसार मन्त्रिपरिषदले परीक्षा लिने बाटो खुलाइदिएकाले छठलगत्तै परीक्षा हुने जानकारी गराएका छन् ।
परीक्षा तालिका र मोडालीटीबारे एक-दुई दिनमा निणर्य सार्वजनिक गरिने बताउँदै उनले छठ लगतै परीक्षा लिने गरि तयारी थालेको जानकारी गराएका छन् ।
मन्त्रिपरिषद्को निणर्य सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीनै तहले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूणर् रूपमा पालना गरी परीक्षा सञ्चालनको स्वीकृति दिएको जानकारी दिएका थिए।
मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयको सिफारिसमा आयोग, विश्वविद्यालय, बोर्ड, प्रतिठान र विद्यालयलाई सबै तहको परीक्षा सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निणर्य गरेको थियो।



