बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन्। यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक भएका हुन्। अहिल आफू पूणर् स्वस्थ रहेको र आफूले काम पनि गरिरहेको उनले बताएका छन्।
आफू अझै उत्तिकै तन्दुरुस्त रहेको अमिताभको कथन छ। नियमित आहारविहार र सन्तुष्टिले नै आफूलाई यो उमेरमा पनि तन्दुरुस्त बनाएको यी अभिनेताले बताएका छन्।
उनले आइतबार पूजा गरेर परिवारका साथ जन्मदिन मनाएका छन्। आफूलाई जन्मदिनको शुभकामना दिने आउने शुभचिन्तकहरूलाई उनले घरबाटै हात हल्लाउँदै धन्यवाद ज्ञापन गरेका छन्। उनलाई शुभकामना दिन आइतबार बिहानैबाट उनको घरअगाडि दर्शकको भिड थियो।
यिनै शुभचिन्तककै प्रेरणा र मायाले आज आफू यो अवस्थामा पुगेको अमिताभले बताएका छन्। देशविदेशबाट आफूलाई जन्मदिनको शुभकामना प्रकट गर्ने सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरेका छन्। अहिले आफू टेलिभिजन कार्यक्रम र नयाँ फिल्मको छायांकनमा रहेको अमिताभको कथन छ।
एजेन्सी