हुलाकी न्यूज, काठमाडौं : इन्डियन प्रियमिर लिग (आइपिएल)मा सट्टेबाजी खेलाएको आरोमा प्रहरीले सात जनालाई पक्राउ गरेका हुन।
महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले सट्टेबाजीका नाइके भारतीय नागरिकसहित सात जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेहरुमा भारत घर भई कमलपोखरीस्थित होटल कोर्नाकको कोठा नम्बर १०५ बुक गरेर बस्ने कुलदिप शारण, भारतकै सञ्जिव शारण, भारत कानपुरका अजय गौतम, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौं कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार बमसल र नवीन जैन छन्। उनीहरुबाट १ लाख ८५ हजार १ सय २० रुपैयाँ बरामद गरिएको छ।
उनीहरुले जारी आइपिएलमा अनलाइनमार्फत् सट्टेबाज खेलाएको पाइएको वृत्तका डिएसपी अपिलराज बोहराले जानकारी दिएका हुन।
पक्राउ परेकामध्ये कुलदिप सट्टेबाजका नाइके भएको र उनकै योजनामा यो सबै काम भएको साथै सट्टेबाज खेलाउनकै लागि होटल बुक गरेर बसेको प्रहरीले जनाएको छ।



