हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको अलहसा हरदमा क्षेत्रीय समितिको विस्तार भएको छ।
बुधेष्वर महरा, अशोक दास, सन्तोष दासको उपस्थितिमा प्रमोद कुमार साहको अध्यक्षतामा क्षेत्रिय समिति चयन भएको छ।
उपाध्यक्षमा मनिक लाल मंडल, सचिवमा बिसनू कुमार शर्मा, सह सचिवमा रामउदगार दास, कोषाध्यक्षमा राम प्रकाश दास र सह-कोषाध्यक्ष महादेव मुखिया रहेका छन।
तेस्तै सदस्यहरुमा जहर साह, विजय कुमार यादव, बुदेशार महारा, अशोक दास रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




