रामएकवाल राम, दोहा कतारः नेपालमा विभेदमा पारिएका दलित समुदायमाथि भैरहेको हत्या, हिसां र विभेदको विषयमा कतारमा रहेको श्री सल्हेश एकता मञ्च नेपालले अन्तक्रिया कार्यक्रम गरेको छ।
शुक्रवार कतारको एसियन टाउन ग्राण्ड मलमा आयोजित अन्तरक्रियामा कतारमा रहेको दलित अगुवाहरु सहभागी भएका थिए।
अन्तरक्रियामा नेपालमा रहेका दलितहरुलाई सहयोग गर्ने विषयमा अन्तरक्रिया केन्द्रीत रहेको अध्यक्ष दुर्गानन्द पासवानले जानकारी दिए।
पासवानका अनुसार नेपालमा राज्यद्धारा हत्या गरिएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाका परिवारलाई र अँखाको रोगबाट पीडित सिरहा मिर्चैया नगरपालिका–३ राघोपुर बकथलवा टोलको भोला सदायको ११ वर्षीय छोरी नेहा कुमारी सदायलाई राहत दिने निर्णय भएको छ। संकलन भएको रकम ती परिवारहरुलाई उपलब्ध गराइने मञ्चले जनाएको छ।
समाजिक, आर्थिक र राजनितिक रुपमा आफुहरुलाई विभेदमा पारिएकोले अब एकिकृत भएर विभेदका विरुद्धमा विगुल फुक्नका लागि संसारभरी छरिएर बसेका सम्पूर्ण नेपाली दलितहरु एकिकृत हुनुपर्नेमा मञ्चका सदस्य राधेश्याम पासवानले जोड दिए।
कार्यक्रममा भारत तथा बिहारका नेता राम बिलास पासवानको निधनप्रति मौन धारण गरी शोक श्रद्धाञ्जली दिइएको थियो। कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको
कार्यक्रममा मञ्चका सन्जय पासवान, विष्णु पासवान, शम्भु पासवानलगायत २१ जनाभन्दा बढीको सहभागिता रहेको थियो।