हुलाकी न्यूज,काठमाडौं : बुद्ध एयर आज २३ वर्ष पूरा गरि २४औं वर्ष प्रवेश गरेको छ।
बुद्ध एयरले सन् १९९७ अक्टुबर ११ मा नयाँ जहाजसहित नेपालमा वायु सेवाको सुरुआत गरेको थियो। त्यतिवेला अमेरिकाबाट ब्रान्ड न्यू जहाज बीचक्राफ्ट १९०० डी भित्र्याएको थिए।
यो २३ वर्षको अवधिमा बुद्ध एयरले १३ जहाजबाट सेवा दिन थालेको छ। अहिले एक हजार एक सय कर्मचारी सेवार दिइरहेका छन्।
बुध्द एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने अहिले कोरोनाको समयमा पनि बुद्ध एयरले सुरक्षित हवाइ सेवा प्रदान गरिरहेको छ। कोरोना महामारीले आम्दानी शून्य भएको अवस्थामा पनि कर्मचारी कटौति नगरि एक हजार एक सय कर्मचारीलाई तलब खुवाएर सेवा दिरहेका छन।। अब पनि कर्मचारी कटौति नगर्ने उनले वाचा गरेका हुन।
कम्पनीले यसलाई अक्षरश पालना गर्दैहरेक कर्मचारीलाई तालिम तथा सुरक्षा कवच पीपीई प्रदान गरेको जनाएको छ।
वार्षिकोत्सवको अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा भाडादरपनि घटाएको निम्नमध्य आय भएका नेपालीले पनि सुरक्षित तथा संक्रमणरहित यात्रा गरून् भन्ने उद्देश्यले भाडा नबढाएको बुद्ध एयरको भनाइ छ।