हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ को स्थायी राजधानी र नामकालागि दशैँपछि प्रयास थालिने भएको छ। प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले दसैँपछि नाम र स्थायी राजधानी टुंग्याउने विषयमा दलहरूसँग आन्तरिक सहमतिको प्रयास थालिएकाे जानकारी दिए।

राजधानीको विषयमा दलहरू एकमत रहेपनि नामको विषयमा दलहरूको आ-आफ्नै अडानले विवादित बन्दै गएकाे छ। गत फागुनमा सदनमा लगेको प्रस्ताव फेल भएको सात महिना बित्न लाग्दासमेत नाम र राजधानी विवाद छलफल भएकाे छैन।

प्रदेश सरकारले नाम र राजधानीको प्रस्ताव ल्याउन नसकेपछि सभामुख सरोजकुमार यादवको नेतृत्वमा गठित संसदीय समितिले दलहरूसँग छलफल गरेर विवाद टुंग्याउन प्रस्ताव लगेपछि ४ चैतमा मतदान भएको थियो। तर, नामकरण सन्दर्भमा सत्तारूढ तत्कालीन राजपा र समाजवादी पार्टीको संयुक्त प्रस्ताव (मधेश प्रदेश) प्रस्ताव अस्वीकृत भएपछि जनकपुर राजधानीकाे प्रस्ताव फेल भएकाे थियाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.