हुलाकी न्यूज, वीरगंज, ९ कार्तिक । पर्साको पिपरामा शनिबार भएको प्रहरी दमनको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विरोध गरेको छ । मोर्चाले पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै प्रहरी दमनको निन्दा गरेको छ । प्रहरीको यस्तो कदमलाई गुण्डागर्दीको संज्ञा दिँदै मोर्चाले आइन्दा पनि यस्तै घटना दोहोरिए प्रतिकारात्मक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएको छ ।
शनिबार राति पेट्रोल बोकेर पथलैयातर्फ जाँदै गरेको मोटरसाइकललाई वीरगंज १७ पिपराका स्थानीयले रोक्न खोज्दा मोटरसाइकल चालकले तेजगतिमा भाग्न खोजेका थिए । उक्त क्रममा दुई जना किशोरहरु सन्जु पटेल र अवधेश पटेल घाईते भएका छन् । सोही घटनाको विरोधमा स्थानीय सर्वसाधारण उत्रेपछि प्रहरीले दमन गरेको थियो । प्रहरीले सानो पिपराबाट आन्दोलनकारी र स्थानीयमाथि सुरु गरेको दमन र आक्रमण ठूलो पिपरासम्म यथावत थियो ।
प्रहरीले ठूलो पिपरामा स्थानीयहरुको घरको ढोकामा लात हान्दै तथानामा गाली गरेको, कुटपिट गरेको, साम्प्रदायिक शब्दहरु प्रयोग गर्दै गालीगलौज गरेको, दर्जनौं राउण्ड गोली र अश्रुग्याँस चलाएको मोर्चाको आरोप छ ।
प्रहरीले चलाएको गोलीको खोकाहरु गाउँलेको आँगन र छतमा पनि फेला परेको मोर्चाले जनाएको छ । मोर्चाले प्रहरीको यस्तो घृणित कदमले सुरक्षा संयन्त्रको भूमिकाको आदर्शलाई नै लज्जित पारेको मोर्चाको ठहर छ ।





Nepal Government is being highly irresponsible. Madhesi are Nepali and they should not be discriminated from rights. I am highly suprised with Nepal media and its negative approach in such a critical condition of Nepal.