हुलाकी न्यूज, रौतहट, ९ कार्तिक । फोरम लोकतान्त्रिकका सांसद मो. मुस्ताक आलमलाई प्रधानमन्त्री के.पी शर्मा ओलीले राज्यमन्त्रीमा पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।
आईतवार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीले आलमलाई शपथ ग्रहण गराएका हुन् । राज्यमन्त्री आलमको विभाग अहिलो टुंगो लागी सकेको छैन ।
मधेशी जनाधिकर फोरम लोकतान्त्रिकको सिफारिसमा आलमलाई राज्यमन्त्री पदमा शपथ ग्रहण गराईएको हो । शपथ ग्रहण पश्चात संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री आलमले तराई मधेशमा जारी आन्दोलनको निकासका लागि सरकार प्रयासरत रहेको तथा आन्दालेनरत पक्षका जायज माँग वार्ता र संवादका माध्यमबाट छिटै समाधान हुने बताएका छन् ।
मन्त्री मुस्ताक आलम रौतहट क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।




auta muraja feri oli ko jaal ma,,,
hehehehhehehehehehehe