हुलाकी न्यूज, काठमाडौं : नेपाल प्रहरीको स्वीकृति विना समाजिक सञ्जाल वा स्टेज शोहरुमा प्रहरीको ड्रेस प्रयोग गरे कारवाही हुने चेतावनी दिइएको छ।
प्रहरी प्रधान कार्यालयले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न चलचित्र, टेलिचलचित्र, सर्ट फिल्म, प्रयांक भिडियो, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने विभिन्न पोसाकहरूको दुरुपयोग भइरहेको भन्दै कारवाहीको चेतावनी दिएको हो।
प्रहरी प्रधान कार्यालयले तीन बुँदे निर्देशन जारी गर्दै भनेको छ,‘प्रहरी पोसाकको प्रयोग गर्नु पूर्व प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार–प्रसार ईकाईमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रावधान रहेको जानकारी गराउन चाहन्छौं।’
प्रहरी प्रधान कार्यालय जनसम्पर्क तथा प्रचार–प्रसार ईकाईको स्वीकृति नलिई कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने र्दजयानी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्न, नगराउन जानकारी गराइएको छ।
प्रहरीको स्वीकृति विना यस किसिमका कुनै पनि कार्य भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कानुनी कारबाही गर्ने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।