
हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ का उखु किसानहरुले दर्शैअघि नै अनुदान रकम पाउने भएका छन्।
नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार उखु किसानलाई अनुदानबापत पठाएको प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा रकम दशैँअघि नै बैंक खातामा जम्मा गरिदिने सहमति भएको छ।
अनुदानको रकम पहिलो चरणमा सर्लाहीका उखु किसानलाई वितरण गर्ने र त्यसपछि क्रमशः महोत्तरी, धनुषा, रौतहट र बाराका किसानलाई वितरण गर्दै जाने सहमति भएको मैनालीले बताए।
सर्लाहीका दुई वटा चिनी उद्योगमा उखु बिक्री गरेका किसानका लागि सरकारले अझै ४४ लाख ४३ हजार ६५ रुपैयाँ ३१ पैसा रकम निकासा गरेर पठाउनुपर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले जानकारी दिए।
आर्थिक वर्ष २०७६र०७७ मा सर्लाहीका दुई वटा चिनी उद्योगले ३३ लाख ३८ हजार ५१२ क्वन्टिल उखु क्रसिङ गरेका थिए। त्यसमध्ये ईन्दुशङ्कर चिनी उद्योग हरिवनले २६ लाख ५६ हजार ५३२ क्विन्टल र महालक्ष्मी सुगर मिल बगदहले छ लाख ८१ हजार ९७९ क्वन्टिल उखु क्रसिङ गरेको थियो ।



