हुलाकी न्यूज, सऊदी:- विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाको रियाद सनैयामा क्षेत्रीय समितिको विस्तार भएको छ।
अशोक कुमार साह, सुनिल कुमार साह, अब्दुल सलाम अंसारी, असगर साह फकिरको उपस्थितिमा संतोष रायको अध्यक्षतामा क्षेत्रिय समिति चयन भएको छ।
उपाध्यक्षमा राम बाबू पसमान, सचिवमा महेशवर यादब, सह सचिवमा बिनदेशोवर मंडल र कोषाध्यक्षमा मनीष ठाकुर रहेका छन।
तेस्तै सदस्यहरुमा राज कुमार यादव, सुनिल साह , जिबछ कुमार यादब, जीतन मंडल , सुशील कुमार, रंजीत साह, छेदी मंडल र राजा राम महतो रहेका छन।
एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।




