हुलाकी न्युजः प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामसम्बन्धी प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावमाथि तीन वटा संशोधन परेको छ ।

विपक्षी नेपाली कांग्रेसले राजधानी सम्बन्धमा दुइटा र नामबारे एउटा संशोधन दर्ता गरेको हो ।

प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार कांग्रेस सांसद पुष्पा थरूनीले बुटवललाई नै प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव दर्ता गरेकी हुन् ।

कांग्रेसका अर्की सांसद रमा अर्यालले बर्दघाट, पाल्पा तिनाउ क्षेत्र, सिद्धार्थ नगर र कपिलवस्तुको शिवराज नगरपालिका क्षेत्र समेटेर राजधानी राख्नुपर्ने भन्दै संशोधन दर्ता गरेकी छन् ।

विपक्षी अर्को दल जनता समाजवादीले प्रदेशसभामा सरकारले दर्ता गरेको लुम्बिनी नाममा संशोधन दर्ता गरेको छ ।

जसपाका सहसराम यादव र पुर्मती ढेंगा मगरले थरूहट(अवध(मगरात नाम राख्न माग गर्दै संशोधन दर्ता गरेका हुन् ।

संसद बैठक आज मध्यान्ह १२ बजे बस्ने भने पनि अहिलेसम्म सुरू भएको छैन। स्थायी राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि आजै मतदान गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.