गौशाला, ८ कार्तिक । महोत्तरीको मटिहानी सीमानाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट ल्याइएको लाखौँ मूल्य बराबरको मालसामान जलाएका छन् ।

बहत्तर दिनदेखिको मधेस बन्द र ३१ दिनदेखिको नाका जामका बेला घर खर्च तथा खेतबारीमा राख्नका लागि ल्याइएका दर्जनौँ बोरा मल, खाद्यान्न, तेल, मसलालगायत वस्तु आन्दोलनकारीले खोसेर बाटोमा फाली आगो लगाएका हुन् ।

त्यस्तै भारतबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल र सिँचाइ तथा जेनेरेटर सञ्चालनका लागि ल्याइँदै गरेको सयौँ लि डिजल पनि आन्दोलनकारीले खोसेर जलाएको तथा तरकारी, फलफूल, दूधलगायत वस्तु भुइँमा फ्याकेर र पोखेर नष्ट गरेको बताइएको छ । रासस

तस्विर : फाइल फोटो

2 COMMENTS

  1. सरकारको यस्तो रवैयाले यहि प्रमाणित हुन्छ कि यो सरकार वार्ता गर्ने पक्षमा नै छैन . जसरि पनि समय लम्ब्याई मधेशी आन्दोलनलाई थकाउने र तुहाउने यो एउटा शरयंत्र मात्र हो .यो सरकारलाई मधेशी संग कुनै मतलब नै छैन . त्यसैले अब यस आन्दोलनलाई अन्तिम लडाई सरह नै लड्नु पडने आवस्यकता भई सकेको छ .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.